२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा शनिबार एउटा सानो विमान दुर्घटना हुँदा एक घरमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ।​

सोकाटा टीबीएम ७ विमान स्थानीय समयअनुसार शनिबार राति १२ः२० बजे उक्त घरमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा विमान चालकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ब्रुकलिन पार्क अग्नि विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले विमानमा रहेका कोही पनि जीवित नभएको जनाएका छन् ।

‘आयोवाको डेस मोइनेस अन्तर्राष्ट्रिय विमानस्थलबाट मिनियापोलिसको अनोका काउन्टी–ब्लेन विमानस्थलतर्फ गइरहेको विमान उड्न साथ दुर्घटनाग्रस्त भएको हो’, अमेरिकी सङ्घीय उड्डयन प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ​

नजिकैका प्रत्यक्षदर्शीहरूले स्थानीय टिभी स्टेसन केआरई ११ लाई बताएअनुसार विमान दुर्घटनापछि ब्रुकलिन पार्कको एक घरमा आगो लागेको थियो।​

अग्निनियन्त्रक अधिकारीले पत्रकार सम्मेलनमा दुर्घटना र आगलागीको समयमा घरमा कोही पनि नभएको बताएका छन् ।

अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा समितिले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।