बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । दक्षिण कोरियामा लागेको डढेलो हालसम्मकै सबैभन्दा ठूलो भएको छ। यसले अहिलेसम्मकै सबैभन्दा धेरै वन क्षेत्र नष्ट गरेको भन्दै त्यहाँको विपद् व्यवस्थापन प्रमुखले यसलाई इतिहासकै भयावह डढेलो बताएका छन्।
यो डढेलोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ भने आठ जना गम्भीर घाइते भएका छन्। अरू २२ जनालाई सामान्य चोट लागेको छ।
गत सप्ताहन्तमा १२ भन्दा बढी स्थानमा डढेलो फैलिएको थियो। यसले दक्षिणपूर्वी क्षेत्रका धेरै भाग जलाएको छ।
करिब २७,००० मानिसलाई तत्काल सुरक्षित स्थानमा सार्नुपरेको थियो। आगलागीका कारण सडक अवरुद्ध हुनुका साथै सञ्चार सेवा बन्द हुँदा स्थानीयवासी भागाभाग गर्न बाध्य भएका थिए।
विपद् तथा सुरक्षा विभागका प्रमुख ली हान-क्युङका अनुसार डढेलो तीव्र गतिमा फैलिएको छ। यो आगलागीका कारण ३५,८१० हेक्टर वन जलेको छ।
सन् २००० मा पूर्वी तटीय क्षेत्रमा लागेको डढेलोले २५,००० हेक्टर क्षेत्र नष्ट गरेको थियो, जुन हालसम्मकै ठूलो मानिन्थ्यो। अहिलेको आगलागीले त्यसलाई पनि उछिनेको छ।