१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। नेपालका चर्चित पत्रकार ऋषि धमलालाइ नचिन्ने नेपाली सायदै होलान। त्यस्तै पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाइ मार्सी चामलको भात खुवाएर चर्चामा आएका अर्का ‘पात्र’ हुन् दुर्गा प्रसाई।

यी दुवै ‘पात्र’ सामाजिक संजालमा उतिकै ‘ट्रोल’ समेत हुने गर्दछन। गरिब तथा जेहेन्दार बिद्यार्थीलाइ छात्रवृति प्रदान गर्ने उद्देश्यले जापानको टोकियोमा आयोजना हुन लागेको ‘अब हास्छ जापान’ कार्यक्रममा यिनै चर्चित पात्रहरु आउन लागेका हुन्।

उनीहरु संगै पूर्व युबराज पारश शाह र एक भिक्षु पनि कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रम अप्रिल १४ तारिख टोकियो स्थित नाकानो जेरो हलमा आयोजना हुने पनि आयोजकले जनाएको छ।

अरु को को आउदैछन कार्यक्रममा ?

सुमन कार्की

पछिल्लो समय युवापुस्तामा निकै लोकप्रिय कमेडियन हुन् सुमन कार्की। विभिन्न व्यक्तिहरुको क्यारिकेचर गर्न खप्पिस मानिने उनि पत्रकार ऋषि धमलाको क्यारिकेचर पछि अझै उचाइमा पुगेका छन्।

तिनै सुमन कार्कीले पछिल्लो समय मेडिकल ब्यबसायी दुर्गा प्रसाईको सफल क्यारिकेचर गरेका छन्। यसका अलावा कार्कीले नेपालका चर्चित क्रिकेटरहरुको पनि क्यारिकेचर गर्ने गरेका छन्।

दर्शक हसाउनका लागि जुनसुकै पात्र र भूमिकामा पनि फिट हुने लोकप्रिय कमेडियन सुमन कार्की पत्रकार ऋषि धमला र मेडिकल ब्यबसायी दुर्गा प्रसाईको पात्रमा जापान आउन लागेका हुन्।

भरतमणि पौडेल

कमेडी च्याम्पियनमा पूर्व युबराज पारश शाहको क्यारिकेचर गरेपछि एकै पटक चर्चामा आएका अर्का कमेडियन हुन् भरतमणि पौडेल। यहि क्यारिकेचरले गर्दा उनी उक्त शोको बिजेता समेत बन्न सफल भएका थिए।

सजन श्रेष्ठ

श्रेष्ठ पनि पछिल्लो पुस्ताका निकै लोकप्रिय कमेडियन हुन्। कमेडी च्याम्पियनको प्रतिस्पर्धामा भाग लिएपनि उनि कमेडी क्लब विथ च्याम्पियन बाट चर्चामा आएका हुन्। उक्त कार्यक्रममा उनले निभाएको योगीको चरित्रले दर्शक माझ थप चिनाएको हो।

हो, तिनै चर्चित कमेडियनहरु जापानको टोकियोमा हुन गैरहेको अब हास्छ जापान भन्ने कार्यक्रममा आउन लागेका हुन्।