बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको वार्ता चर्काचर्कीमा परिणत भएको छ। ट्रम्पले युक्रेनलाई अमेरिकी सहयोग समाप्त हुने चेतावनी दिएपछि दुबै नेताबीच भनाभन भएको हो।
ओभल अफिसमा भएको वार्तामा दुई नेताले आ-आफ्ना अडान नछाडेपछि चर्काचर्की भएको हो ।
वार्तामा ट्रम्पले जेलेन्स्कीलाई सम्झौता गर्न आग्रह गरे पनि जेलेन्स्कीले असहमति जनाएपछि ट्रम्प आक्रोशित भएका थिए। उनले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउने जुवा खेलिरहेको आरोप लगाए।
बैठक युक्रेनको खनिज सम्पदा बाँडफाँट र रुससँग शान्ति सम्झौताबारे छलफल गर्न आयोजना गरिएको थियो। फ्रान्स र बेलायतका नेताहरूले ट्रम्पलाई किएभसँग सहकार्य नछोड्न आग्रह गरेपछि वार्ता तय भएको थियो।
यद्यपि, कूटनीति आवश्यक रहेको उपराष्ट्रपति जेडी भान्सको भनाइपछि थप तनाव बढ्यो। विवादका कारण अमेरिका र युक्रेनबीच अपेक्षित खनिज सम्झौता सम्पन्न हुन सकेन र जेलेन्स्कीलाई राष्ट्रपति कार्यालयबाट बाहिरिन भनिएको थियो ।
वार्तापछि फक्स न्यूजसँग बोल्दै जेलेन्स्कीले विवाद ‘दुवै पक्षका लागि ठीक नभएको’ बताए तर अमेरिका-युक्रेन सम्बन्ध अझै अगाडि बढ्न सक्ने विश्वास व्यक्त गरे।