बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । क्योदाई न्यूजका प्रधान सम्पादक एवं नेपाल पत्रकार महासंघ, जापानका सल्लाहकार दीपक गौतमलाई समाचार प्रकाशनको विषयलाई लिएर धम्की दिइएकोप्रति आपत्ति जनाएको छ ।
नेपाल पत्रकार महासंघ जापान शाखाले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधान सम्पादक गौतमलाई दिइएको धम्कीप्रति गम्भीर आपत्ति जनाएको हो ।
केबीएल इन्टरनेशनले नक्कली सीओइ बनाएर जापानमा व्यक्तिहरू पठाउने गरेको विषयमा समाचार प्रकाशित भएपछि कम्पनीका अध्यक्ष कुमार कार्कीले गौतमलाई धम्की दिएका थिए।
फेब्रुअरी २४ तारिखका दिन सामाजिक सञ्जाल ‘लाइन’मार्फत भ्वाइस म्यासेज पठाएर कार्कीले पत्रकार गौतमलाई गालीगलौज गर्दै भौतिक आक्रमण गर्ने धम्की दिएका थिए ।
उक्त घटनाको निन्दा गर्दै महासंघले समाचारप्रति असन्तुष्टि भए कानूनी उपचार खोज्न वा प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने संवैधानिक व्यवस्था हुँदाहुँदै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको जनाएको छ।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचारप्रति चित्त नबुझे कानूनी उपचारमा जान सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई आक्रमणको ठाडो चुनौती दिनु अत्यन्त निन्दनीय छ। यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो।’
महासंघका अनुसार यस्ता कार्यले संविधानको प्रस्तावनामै उल्लेख पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता र विश्वव्यापी मूल्य मान्यताको समेत उपहास भएको छ।
महासंघको जापान शाखाले यस्तो कार्यमा संलग्न व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन तथा पत्रकारलाई निर्वाध र निर्भीक रूपमा सञ्चारकर्म गर्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
साथै, महासंघले पत्रकार गौतमको सुरक्षाको लागि आवश्यक कदम चाल्न जापानस्थित नेपाली समुदाय र सम्बन्धित निकायलाई आग्रह गरेको छ।
