बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । गाजामा तेस्रो सामूहिक पोलियो खोप अभियान शुरू भएको छ । शनिबारबाट शुरू भएको अभियानको लक्ष्य प्यालेस्टिनी क्षेत्रभर करिब छ लाख बालबालिकालाई पहिलो मात्रा दिने रहेको छ ।
उत्तरी गाजाको जबालियाको मस्जिदमा १० वर्षमुनिका बालबालिकाले यो खोप लगाएका थिए । त्यहाँ गत वर्ष इजरायली सेनाको आक्रमणले धेरै भवनहरू भग्नावशेषमा परिणत गरेको थियो ।
खोप अभियानमा इजरायलद्वारा बहिष्कृत प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लूए)सहित विभिन्न संयुक्त राष्ट्र एजेन्सीहरू संलग्न छन् र यो अभियान इजरायल र हमासले युद्धविराम पालना गरिरहेको समयमा आएको छ ।
यस अभियानले फेब्रुअरी २६ सम्ममा पाँच लाख ९१ हजारभन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले जनाएको छ ।
‘यस अभियानमा एक हजार सात सयभन्दा बढी यूएनआरडब्लूए टोलीका सदस्यले भाग लिनेछन्’, यूएनआरडब्लूए प्रमुख फिलिप लाजारिनीले एक्समा लेखेका छन्, ‘यो अभियान हालै फोहोर पानीमा पोलियो पत्ता लागेपछि शुरू गरिएको हो, जसले बालबालिकाको जीवनलाई जोखिममा पारेको छ ।’
बीस वर्षभन्दा बढीमा पहिलोपटक गाजामा अत्यधिक सङ्क्रामक रोग फेरि देखा परेपछि सन् २०२४ को अन्त्यमा अघिल्लो दुई अभियानहरू सञ्चालन गरिएको थियो ।
इजरायल र हमासबीच १६ महिनाभन्दा बढीको युद्ध पछि गाजामा मानवीय अवस्था भयावह छ ।
युद्ध शुरू हुनुअघि नै यो क्षेत्र १५ वर्षभन्दा बढी समयदेखि इजरायलले लगाएको नाकाबन्दीको कारण सङ्घर्षरत थियो ।