बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान सरकारसँग बीपी राजमार्गको पुनर्निर्माणका लागि सहयोग गर्न आग्रह गरेकी छन्।
जापानी विदेश राज्यमन्त्री मियाजी ताकुमासँग आज भएको भेटवार्तामा उनले नेपालमा गत सेप्टेम्बरमा आएको भीषण बाढीका कारण बीपी राजमार्गमा पुगेको क्षतिको पुनर्निर्माणका लागि आवश्यक सहयोग आवश्यक रहेको बताइन्।
ओमानको राजधानी मस्कटमा आठौं हिन्द महासागर सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको हो। सो अवसरमा मन्त्री देउवाले नेपालका लागि जापान लामो समयदेखि प्रमुख दाता राष्ट्र भएको उल्लेख गर्दै जापान सरकारलाई नेपालप्रति निरन्तर सहयोग पुर्याइरहेकोमा आभार व्यक्त गरिन्।
भेटमा मन्त्री देउवाले जापानबाट भैरहवा उडान सञ्चालन गर्नसमेत आग्रह गरिन्। हाल काठमाडौं-नारिता प्रत्यक्ष उडान भए पनि भैरहवा-लुम्बिनी जाने जापानी नागरिकलाई सहज बनाउन भैरहवा उडान आवश्यक रहेको बताइन्। यसबाट नेपाल र जापानबीच सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ थियो।
यसैगरी, भेटमा सन् २०२६ मा नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाउने तयारी, उच्चस्तरीय भ्रमण आदानप्रदान, सीपयुक्त जनशक्ति पठाउने सम्झौतासम्बन्धी कार्यविधि, तथा अन्य आपसी चासोका विषयमा पनि छलफल भएको थियो।
मन्त्री देउवाको आग्रहलाई सकारात्मक रूपमा लिँदै जापानी मन्त्री मियाजीले आवश्यक अध्ययन गरेर अघि बढ्ने बताए।