३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पाकिस्तानी सुरक्षा बलले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा गुप्तचरमा आधारित अपरेसनको क्रममा ३० आतङ्ककारी मारिएका छन् ।

इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले बुधबार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी सेनाले सररोघा क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिको बारेमा विश्वसनीय गुप्तचर रिपोर्टहरू पछि मङ्गलबार राती अपरेसन शुरू गरिएको थियो ।​

आईएसपीआरले यस क्षेत्रमा फेला परेका अन्य आतङ्ककारीहरूलाई हटाउन क्लिनअप अपरेसन गरिएको बताएको छ ।

‘पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध छन् । हाम्रा सुरक्षा बलहरूको बलिदानले हाम्रो सङ्कल्पलाई अझ बलियो बनाउँछ’, आईएसपीआरको विज्ञप्तिमा भनिएको छ ।

पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री मोहम्मद शहबाज सरिफले यस कारबाहीका लागि सुरक्षा बलको प्रशंसा गरे ।

पाकिस्तानका राष्ट्रपतिले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान समूह (टीटीपी)लाई पूर्णरूपमा उन्मूलन गर्ने आफ्नो सङ्कल्पलाई पुनः पुष्टि गरे ।