बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणका गाउँहरूमा तीन दिनको आक्रमणमा महिला र बालबालिकासहित दुई सयभन्दा बढी व्यक्तिको हत्या गरेको युद्धको निगरानी गर्ने एक वकिल समूहले मङ्गलबार बताएको छ ।
अधिकार उल्लङ्घनको अभिलेखीकरण गर्ने इमर्जेन्सी लयर्सका अनुसार नियमित सेनासँग झन्डै दुई वर्षदेखि युद्धमा फसेको अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ)ले ‘ह्वाइट नाइल राज्यको अल–कदारिस र अल–खेलवात गाउँहरूमा कुनै सैन्य उपस्थिति नभएका क्षेत्रहरूमा निहत्था नागरिकहरूमाथि आक्रमण गरेको’ थियो ।
आरएसएफले शनिबारदेखि आक्रमणका क्रममा ‘हत्या, अपहरण, जबरजस्ती बेपत्ता र सम्पत्ति लुटपाट’ गरेको छ, जसमा सयौं घाइते वा बेपत्ता भएका छन् ।
वकिल समूहका अनुसार नाइल नदी पार गरेर भाग्ने प्रयास गर्दा केही बासिन्दालाई गोली हानिएको थियो । गाउँलेहरूमाथि भएको आक्रमणलाई ‘नरसंहार’ को कार्य भन्दै वकिलहरूले केही व्यक्तिहरू डुबेर मरेको बताएका छन् ।
सन् २०२३ अप्रिलदेखि सुडान सेना प्रमुख अब्देल फत्ताह अल–बुरहान र उनका पूर्वसहायक आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोका सेनाहरू बीच निर्मम सङ्घर्षमा फसेको छ ।
दुवै पक्षमाथि दुर्व्यवहार र युद्ध अपराधको आरोप लगाइएको छ ।