३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । वासिङ्टन डीसी नजिकै अमेरिकी सेनाको हेलिकप्टर र यात्रुवाहक विमान आपसमा ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। दुर्घटना भएको स्थानमा उद्धार टोलीले शवहरू संकलन गरिरहेको छ।

दुर्घटनाको कारण अझै स्पष्ट नभए पनि प्रारम्भिक रिपोर्ट अनुसार दुई उडानबीचको समन्वयमा समस्या देखिएको अनुमान गरिएको छ।

बुधबार साँझ वासिङ्टन डीसीको रिगन नेशनल एयरपोर्ट नजिकै दुर्घटना भएको हो । ६४ यात्रु बोकेको अमेरिकी एयरलाइन्सको ‘फ्लाइट ५३४२’ कन्सासबाट वासिङ्टनतर्फ उडिरहेको थियो । सोही समयमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर पनि प्रशिक्षण उडानमा थियो । आकाशमै ठोक्किएर दुवै विमान नदीमा खस्दा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।​

सीएनएनका अनुसार यतिबेला करिब ३ सय उद्धारकर्मीले पोटोम्याक नदीमा दुर्घटनाग्रस्त विमान र हेलिकप्टरका भग्नावशेष खोजिरहेका छन् ।

वासिङ्टन डीसीका अग्नि नियन्त्रक प्रमुखले नदीको चिसो तापक्रम र कठोर वातावरणका कारण उद्धार कार्य चुनौतीपूर्ण भएको बताएका छन् । हालसम्म कुनै पनि जीवित व्यक्ति फेला परेका छैनन्।

अमेरिकी अधिकारीहरूले घटनाको विस्तृत अनुसन्धान शुरू गरेको जनाएका छन्।  

घटनास्थलमा आपतकालीन उद्धार टोली परिचालित छन् भने बाँकी यात्रुहरूको अवस्था र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।