४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । उत्तरपश्चिम टर्कीको एउटा होटलमा भएको भीषण आगलागीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन्। आगलागीका कारण सबैभन्दा बढी बालबालिकाले ज्यान गुमाएका छन्।  

टर्कीका गृहमन्त्री अली येर्लिकायाका अनुसार मृतकमध्ये धेरैजसो १० देखि ११ वर्षका बालबालिका थिए। हालसम्म ५२ जना मृतकको पहिचान गरिएको छ। घटनापछि गृहमन्त्रीले भने, ‘हामी गहिरो पीडामा छौं। यो घटनाले गहिरो चोट पुर्‍याएको छ।’

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार शोकको दिन घोषणा गर्दै दोषी जो कोही भए पनि कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो एकताको दिन हो। हामी यस दुर्घटनाबाट प्रभावित सबैलाई सहयोग गर्नेछौं।’  

घटनाको अनुसन्धान अघि बढ्दै गर्दा न्याय मन्त्री यिलमाज टुन्च र आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार हालसम्म ९ जनालाई पक्राउ गरिएको छ।  

आगलागी हुँदा होटलमा करिब २३४ जना पाहुना थिए। यस घटनाले टर्कीभरि शोक र आक्रोशको वातावरण सिर्जना गरेको छ।