४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । दक्षिण कोरियाली अधिकारीहरूले महाभियोग लागेको राष्ट्रपति युन सुक-योललाई पक्राउ गरेका छन्।

गत डिसेम्बर ३ मा गरेको मार्शल ल घोषणापछि महाअभियोगको सामना गरिरहेका उनलाई बुधबार पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

युनले केही हप्तादेखि बार्बड तार र निजी सुरक्षाकर्मीहरूको घेराभित्र बस्दै आएका आफ्ना निवासको ढोकाबाट मोटरकेड बाहिर निस्किएको देखिएको थियो।

यसअघि बिहान सबेरै ३,००० भन्दा बढी प्रहरी अधिकारी र भ्रष्टाचारविरोधी अनुसन्धानकर्ता त्यहाँ भेला भएका थिए।

उनीहरूले युनका समर्थकहरू र सत्तारूढ पिपल पावर पार्टीका सदस्यहरूको भिडलाई हटाउँदै राष्ट्रपति पक्राउ प्रयास गरेका थिए। 

‘हामी धेरै दुखी र क्रोधित छौं, कानूनको शासन ध्वस्त भएको छ’, युन पक्राउ परेपछि उनका एक समर्थकले भने । 

अनुसन्धानकर्ता र प्रहरीले राष्ट्रपतिलाई पक्राउ गरेको बताएका छन्, तर उनी र उनको समर्थकले यसलाई सोधपुछको लागि स्वेच्छाले उपस्थित भएको दाबी गरेका छन् ।