४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले देशका दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको बताएका छन् । 

मुस्लिम राष्ट्रहरूले विशेष रूपमा बालिकाहरूको शिक्षामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।​

ईस्लामाबादमा आयोजित दुई दिने ‘मुस्लिम समुदायमा बालिका शिक्षा : चुनौती र अवसर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री शरिफले मुस्लिम राष्ट्रहरूले बालिकाहरूको शिक्षामा समान पहुँच सुनिश्चित गर्नुपर्ने महत्त्वपूर्ण अवरोधहरू स्वीकार गर्नुपर्नेमा जोड दिए।  

उनले आगामी दशकमा लाखौं युवा बालिकाहरू श्रम शक्तिमा प्रवेश गर्ने अवसर रहेको भन्दै उनीहरूले आफ्नो परिवारलाई गरिबीबाट माथि उठाउन र विश्व अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्षम हुने सम्भावना रहेको बताए ।  

पाकिस्तानको कुल जनसङ्ख्याको आधाभन्दा बढी महिला भए पनि महिला साक्षरता दर केवल ४९ प्रतिशत रहेको तथ्य प्रधानमन्त्री शरिफले प्रस्तुत गरे ।

पाँचदेखि १६ वर्ष उमेर समूहका करिब दुई करोड २८ लाख बालबालिका विद्यालय बाहिर रहेको र तीमध्ये बालिकाहरूको सङ्ख्या उल्लेखनीय रहेको उनले जानकारी दिए ।