४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द भएको छ।

मंगलबार पासपोर्ट विभागले मानिस बेपत्ता पार्ने घटनामा संलग्न २२ जना र हत्याका घटनामा संलग्न रहेको आरोपमा हसिनासहित ७५ जनाको पासपोर्ट रद्द गरेको हो ।

‘पासपोर्ट विभागले मानिस बेपत्ता पार्ने घटनामा संलग्न २२ जना र हत्याका घटनामा संलग्न रहेको आरोपमा हसिनासहित ७५ जनाको पासपोर्ट रद्द गरेको हो,’ अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसका प्रेस सल्लाहकारले भने।​​

हसिनाको पासपोर्ट रद्द भएसँगै उनको भारत बसाइ कठिन हुने विभिन्न भारतीय सञ्चार माध्यमले जनाएका छन्।​

हसिनालाई पक्राउ गर्न बंगलादेशले इन्टरपोलमा पनि रेड कर्नर नोटिसका लागि पत्राचार गरेको छ ।

गत जुलाईदेखि अगष्टसम्म बंगलादेशमा आरक्षणविरुद्धको विद्यार्थी आन्दोलन भएको थियो।​

आरक्षणविरुद्धको आन्दोलन सरकारको नियन्त्रण बाहिर भएपछि गत अगस्ट ५ मा हसिनाले देश छाडेकी थिइन्।​