४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा एउटा कोइला खानीमा पानी पसेपछि करिब एक दर्जन श्रमिकहरू फसेका छन् ।

‘कोइला खानी धेरै दुर्गम स्थानमा छ’, स्थानीय प्रहरी अधीक्षक मयङ्क झाले भने ।​ 

उनका अनुसार डिमा हसाओ क्षेत्रको उमराङ्सु खानी जलमग्न भएको र मानिसहरू फसेका छन् ।​ ​

स्थानीयबासीहरूका अनुसार सोमबार बिहान कम्तीमा २७ जना कामदार खानीभित्र प्रवेश गरेका थिए । तीमध्ये धेरै जना खानीको कार्यस्थलमा पानी भरिँदा भाग्न सफल भए ।

राज्य अधिकारीहरूले सरकारी उद्धार टोलीहरू र सेनाको सहयोग मागेका छन् ।

‘उमराङ्सुबाट आएको चिन्ताजनक समाचार, त्यहाँ श्रमिकहरू कोइला खानीमा फसेका छन्’, आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले विज्ञप्तिमा भने, ‘खानी श्रमिकहरूको सही सङ्ख्या पुष्टि हुन सकेको छैन, सबैको सुरक्षाका लागि भगवानसँग प्रार्थना गर्दछु ।’