बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । महाअभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल भएको छ ।
करिब छ घण्टा लामो सङ्घर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योललाई पक्राउ गर्ने प्रहरीको कदम रोकिएको छ ।
युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो छेकेको कोरियाली समाचार संस्था योन्हापले जनाएको छ ।
युनको सुरक्षा दस्ता तथा दक्षिण कोरियाली सेनाले प्रहरीलाई रोक्नका लागि बाटोमा सवारी साधनसमेत तेर्स्याएको थियो ।
युनमाथि शक्तिको दुरुपयोग गरेको र सैन्य कानुन लागु गर्न खोजेको भन्दै महाभियोग प्रस्ताव संसद्मा पुगेको छ । संसद्मा महाअभियोग प्रस्ताव पुगेपछि उनी निलम्बित बनेका थिए ।
दक्षिण कोरियामा संसद्को महाभियोग प्रस्तावको अन्तिम निर्णय संवैधानिक अदालतले गर्छ ।
तर, अदालतले तीनपटक बोलाउँदा पनि युन अदालतमा उपस्थित नभएपछि उहाँलाई पक्राउ गर्ने अनुमति दिएको थियो । त्यही अनुमतिका आधारमा प्रहरीको टोली शुक्रबार युनलाई पक्राउ गर्न गएको थियो ।
प्रहरीका २० वटा टोली बिहान ८ बजे नै युनको घरमा पुगेका थिए ।
तर, युनको सुरक्षा दस्ता र सेना प्रहरीसँगै भिड्ने अवस्थामा पुगेपछि प्रहरीले युनलाई पक्राउ गर्ने मिसन रोकेको बताएको छ ।