४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी। नयाँ वर्षको पहिलो दिन अमेरिकाको दक्षिण शहर न्यु अर्लिन्समा भएको दुर्घटनामा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ।

नयाँ बर्ष मनाउन पर्यटकीय क्षेत्र फ्रेन्च क्वार्टरको सडकमा भेला भएका मानिसहरुको भीडमा एक संदिग्धले अन्धाधुन्ध ट्रक प्रवेश गराउदा १५ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ।

अमेरिकी अधिकारीहरुले यो दुर्घटना नभएर योजनाबद्द ढङ्गले आक्रमण गरिएको बताएका छन्। उक्त दुर्घटनामा परी दर्जन भन्दा बढी मानिसहरु घाइते भएको पनि समाचारमा उल्लेख गरिएको छ।

ट्रक चालक दक्षिण टेक्सासका ४२ वर्षीय शमसुद दिन जबरको प्रहरीसँगको गोली हानाहानका क्रममा घटनास्थलमै मृत्यु भएको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशनले जनाएको छ। अमेरिकी अधिकारीहरुले उक्त घटनालाइ आतंकबादी हमलाका रुपमा लिंदै अनुसन्धान गरिरहेको बताएका छन्।

घटना पश्चात आयोजित एक पत्रकार सम्मेलनमा फेडरल ब्यूरो अफ इन्भेस्टिगेशनले यो घटना एक्लो व्यक्तिले गराएको भनेर बिश्वाश गर्न नसकिने प्रतिक्रिया दिए। ‘संदिग्धको ट्रकले इस्लामिक स्टेटको चरमपन्थी समूहसँग सम्बन्धित झण्डा देखाएको थियो’ पत्रकार सम्मेलनमा अधिकारीहरुले भने ‘ट्रकको वरपर विस्फोटक पदार्थ फेला परेको थियो, त्यसैले यो घटनालाई आतंकवादी हमलाको रुपमा अनुसन्धान गरिरहेका छौं।’

कुनैपनि आक्रमण शैय छैन : बाइडेन

उक्त घटनाका सन्दर्भमा अमेरिकी राष्ट्रपति जोय बाइडेनले आफ्नो भूमिमा हुने कुनैपनि आक्रमण शैय नहुने चेतावनी दिएका छन्। ‘मैले सुरक्षा निकाय बाट रिपोर्टहरु प्राप्त गरिरहेको छु’ बाइडेनले भनेका छन् ‘मेरो ध्यान पीडित र उनका परिवारजनप्रति छ।’

त्यस्तै नबनिर्वाचित राष्ट्रपति डोनाल्ट ट्रंपले पनि घटनाको कडा आलोचना गरेका छन्। घटना पश्चात सामाजिक संजालमा प्रतिक्रिया ब्यक्त गर्दै आफ्ना नागरिक माथिको आक्रमणलाइ स्वीकार गर्न नसकिने बताएका छन्।