बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । थाइल्यान्डबाट दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गरेको जेजु एयरको विमान आइतबार अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा १७९ जनाको मृत्यु भएको छ।
जेजु एयरको उडान 7C2216 बिहान ९ बजेपछि अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर बारमा ठोक्कियो र आगलागी भयो।
विमानमा १८१ जना सवार थिए। दुर्घटनामा १७९ जनाको मृत्यु भएको र दुई जनालाई जीवितै उद्धार गरिएको दक्षिण कोरियाको यातायात मन्त्रालयले जानकारी दिएको छ।
यो दुर्घटना दक्षिण कोरियाको एयरलाइन्ससँग सम्बन्धित तीन दशकयताकै सबैभन्दा भयानक दुर्घटना भएको बताइएको छ।
स्थानीय मिडियामा सार्वजनिक भिडियोमा दुई इन्जिन भएको बोइङ ७३७-८०० विमान अवतरणका क्रममा ल्यान्डिङ गियर नखुलेको देखिएको छ। विमान रनवेमा चिप्लिएर बारमा ठोक्किँदा आगोको लप्का र भग्नावशेष फैलिएको देखिन्छ।
अन्य तस्वीरहरूमा विमानको केही भागमा आगलागी र धुवाँ उठिरहेको देख्न सकिन्छ।
दक्षिण कोरियाका अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको बताएका जापान टाइम्सले जनाएको छ ।