१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। बैदेशिक रोजगार विभागमा दर्ता भएको कुमार कार्कीको केबीएल इण्टरनेशनलले नक्कली सिओइ मार्फत जापानमा मान्छे पठाउने गरेको पाइएको छ ।

सन् २०२३ मार्च महिनामा नक्कली सिओइ मार्फत जापान प्रवेश गर्न खोज्ने १२ जना नेपालीलाइ नारिता विमानस्थलको अध्यागमन बिभागले फिर्ता पठाएको प्रमाण क्योदाई न्यूजले प्राप्त गरेको छ।

‘हामी जापान पुगेपछि अध्यागमनले सिओइ नक्कली भन्दै फिर्ता गरेको थियो’ हाम्रो सम्पर्कमा आएका ति पिडितहरुले भने ‘नेपाल फर्केपछि कार्की बिरुद्द बैदेशिक रोजगार विभागमा उजुरी समेत दिएका छौं।’

२०२३ मार्च महिनाको १९ तारिख बिमान बंगला मार्फत जापान आएका १६ जना मध्ये १२ जना नेपालीलाइ अध्यागमनले मार्च २२ तारिख फिर्ता पठाएको थियो ।

कार्कीले जापानबाट फर्केकाहरुलाई पुनः जापान पठाउने भन्दै नयाँ पासपोर्ट समेत बनाउन भनेको पिडितहरुले बताएका छन्।

उनीहरुलाई अध्यागमनले स्वदेश फिर्ता पठाएपछि कार्की बिरुद्द रोजगार बिभागमा उजुरी समेत परेको पाइएको छ।

उजुरी पश्चात बैदेशिक रोजगार बिभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाइ २०८१ साउन महिनाको ११ गते निजलाई पक्राउ गरी बिभागमा बुझाउन पत्र समेत काटेको थियो।

पक्राउ पुर्जी काटेको थाह पाएपछि हाल कार्की फरार रहेका छन्। क्योदाई न्यूज संगको सम्पर्कमा आएका पिडितहरुका अनुसार कार्कीले त्यतिबेला प्रतिव्यक्ति ११ देखि २२ लाख सम्म लिएका थिए ।