बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अमेरिकाको विस्कन्सिनस्थित ‘अबन्डन्ट लाइफ क्रिश्चियन स्कूल’मा एक छात्राले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ।
म्याडिसनस्थित निजी क्रिश्चियन विद्यालयमा एक १५ वर्षीया छात्राले गोली चलाउँदा अन्य छ जना विद्यार्थी घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ।
म्याडिसन प्रहरी प्रमुख शोन बार्न्सका अनुसार विद्यालयमा गोली चलाएकी आक्रमणकारी छात्रा पनि घटनास्थलमै मृत फेला परेकी छिन् ।
प्रारम्भिक अनुसन्धानले उनले आत्महत्या गरेको हुनसक्ने देखाएको बीबीसीले जनाएको छ ।
सबैभन्दा पहिले दोस्रो कक्षामा अध्ययनरत एक विद्यार्थीले आपतकालीन सेवामा फोन गरी सक्रिय आक्रमणको सूचना दिएका थिए, जसका कारण प्रहरी छिट्टै घटनास्थलमा पुग्न सफल भयो।
राष्ट्रपति जो बाइडेन र विस्कन्सिनका गभर्नर टोनी एभरर्सले यस घटनाप्रति दुःख व्यक्त गर्दै बन्दुक नियन्त्रणसम्बन्धी कडा कानूनी उपायहरूको आवश्यकता औंल्याएका छन् ।