४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आइतबार एउटा पानी जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ४९ जनाको उद्धार गरिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।

उक्त पानी जहाज सुमेनेप रिजेन्सीको बन्दरगाहबाट प्रस्थान गरेपछि दिउँसो १ः१० बजे दुर्घटना भएको हो ।

जहाज सितुबोन्डो रेजेन्सीको बन्दरगाहतर्फ गइरहेको थियो । प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख मुहम्मद हरियादीका अनुसार दुवै राज्यहरू पूर्वी जाभा प्रान्तमा अवस्थित छन् ।​

मुहम्मद हरियादीले भने, ‘एक जनाको मृत्यु भएको, अर्को बेपत्ता र अन्य ४९ जनाको उद्धार गरिएका छन् ।’

उद्धारमा संयुक्त उद्धार टोलीका करिब ५० जना कर्मचारी संलग्न रहेका र बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको उनले बताए ।

हरियादीले उक्त घटनाका लागि चरम मौसमी अवस्थालाई दोष लगाएका छन् ।