१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले रोमाञ्चक जीत हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १९२ रनको लक्ष्य पच्छ्याएको विराटनगरले लुम्बिनी लायन्सविरुद्ध २ विकेटको रोमाञ्चक जीत निकालेको हो।

यस अघिका २ खेलमा विराटनगर पराजित भएको थियो ।

अन्तिम ओभरको शुरूवाती पाँच बलमा १७ जोड्दै विराटनगरले अन्तिम एक बल बाँकी छँदा विजयी बन्यो ।

तीन बलमा दुई चौका र १ छक्कासहित १४ रन बनाएर क्रिस सोलले विराटनगरलाई जिताउन सफल भएका थिए ।

अन्तिम ओभरमा १६ रन आवश्यक रहेको बेला सोलले १ बल बाँकी छँदै टिमलाई उनले जीत दिलाए ।

विराटनगरको जीतमा ओपनर ब्याट्सम्यान लोकेश बमको महत्त्वपूर्ण भूमिका रह्यो । ३ चौका र ६ छक्काको मद्दतले बमले ४७ बलमा ७१ रन बनाए । ​

रयामन सिमोन्डसको बलमा छक्का हान्ने प्रयासमा बमले सन्दीप जोराको हातमा क्याच थमाएका हुन् ।

न्युजिल्यान्डका ब्याट्सम्यान मार्टिन गप्टिलले १७ बलमा २८ रन र बसिर अहमदले २४ बलमा ४० रन बनाएका थिए ।

उता लुम्बिनीका लागि कप्तान रोहित पौडेलले २९ बलमा ४६ रन , टम मुर्सले १७ बलमा ३० रन, सन्दीप जोराले १३ बलमा १२ रन , साद बिन जाफरले १३ बलमा १५ रन बनाएका थिए ।

विवेक यादव ७ बलमा १९ रन र रयामन सिमोन्डस २ रनमा नट आउट रहे । लुम्बिनीले २० ओभरमा ७ विकेटको क्षतिमा १९१ रन बनाएका थिए ।

दुर्गेश गुप्ताले ३, सिमोंड्सल र जाफरले समान २/२ विकेट लिएका थिए ।