४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि बुधबार गुयाना पुगेका छन् । उनी ५६ वर्षमा गुयानाको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् ।

प्रधानमन्त्री मोदीलाई एयरपोर्टमा गुयानाका राष्ट्रपति मोहम्मद इरफान अली तथा मन्त्रीहरूले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीको आगमनको असरमा गुयानाले राष्ट्रपतिद्वारा शुभकामनासहित गुयानाको जर्जटाउनमा औपचारिक स्वागत र गार्ड अफ अनर प्रदान गरेको छ ।

भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले गुयानाको संसदको विशेष बैठकलाई सम्बोधन गर्ने तथा भारत–क्यारिकम शिखर सम्मेलनमा क्यारेबियन साझेदार देशका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको गुयाना भ्रमण अघि पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयले गुयानाका राष्ट्रपति मोहम्मद इरफान अलीको निमन्त्रणामा प्रधानमन्त्रीको भ्रमण भएको उल्लेख गरेको थियो ।

विदेश मन्त्रालयका पूर्व सचिव जयदीप मजूमदारले भारत र गुयानाबीच उच्चस्तरीय सम्पर्क बढेको जनाउर्दै गुयानासँग लामो समयदेखि विकासलगायतका अन्य आवश्यक साझेदारी गरेको उल्लेख गरे ।