४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । स्पेनको दक्षिणी भागमा प्रहरीले १.२ टन चरेस बरामद गरेको छ । 

लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा सात जना बेलायतीलाई पक्राउ गरिएको स्पेन सरकारले शनिबार जनाएको छ ।

‘बेलायतको नेशनल क्राइम एजेन्सीसँग काम गर्ने राष्ट्रिय प्रहरीले मार्बेला र एल्चेमा सामान बोक्ने गाडीमा लागूऔषध ओसारपसार गरेको आशङ्कामा चेक गर्दा उक्त चरेस फेला परेको हो’, गृह मन्त्रालयले भनेको छ।

अधिकारीहरूले एक  हजार २०० किलोग्राम चरेस बरामद गरेका छन् ।

‘घटनामा संलग्न रहेको आरोपमा सात जना बेलायती नागरिकलाई हिरासतमा लिइएको छ’, विज्ञप्तिमा भनिएको छ।

बेलायती प्रवासीहरूको ठूलो जनसङ्ख्या रहेको मार्बेलास्थित फुएनगिरोलाको पर्यटक रिसोर्ट र दक्षिणपूर्वी शहर एल्चेमा उक्त चरेस पक्राउ परेको हो । 

चरेसको केही मात्रा बालुवाले भरिएको प्लास्टिकका ठूला कन्टेनरमा लुकाइएको अवस्थामा भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रहरीले उक्त क्षेत्रबाट ६३ हजार युरोभन्दा बढी नगद, पाँच जना यात्रुवाहक र एउटा ठूलो लरी समेत बरामद गरेको छ ।