१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। पछिल्लो समय नेपाली चलचित्रहरु जापानमा प्रदर्शन हुने क्रम बढ्दो छ। अहिले जापानका विभिन्न ठाउहरुमा पूर्णबहादुरको सारंगी, १२ गाउँ, बेहुली फरम मेघौली लगायतका चलचित्र प्रदर्शनरत छन्।

यसैक्रममा अर्को नेपाली चलचित्र ह्रस्व दीर्घ पनि जापानका विभिन्न ठाउमा प्रदर्शन हुने पक्का भएको छ। ह्रस्व दीर्घको जापान राइट्स खरिद गरेको बिटिकेएस इण्टरटेण्टमेन्टले दिएको जानकारी अनुसार जापानका चिबा, टोकियो, साइतामा, कान्साई, ओकिनवा, फ़ुकुओका, होक्काइदो, खानागावा, निगाता, सेन्दाई, तोचिगी लगायतका क्षेत्रमा प्रदर्शन हुने पक्का भएको छ।

चिबाको चिबा शहरमा डिसेम्बर ८ तारिख कलाकार सहित रेड कार्पेट शो गर्न लागिएको बिटिकेएस इण्टरटेण्टमेन्टका बिमल न्यौपानेले जानकारी दिए। उनका अनुसार अभिनेत्री तथा निर्माता निता ढुंगाना अधिकारी र हरिहर अधिकारी चलचित्र प्रदर्शनका क्रममा जापान आउन लागेका हुन्।

कान्साई क्षेत्रको कोबेमा नोभेम्बर २६, क्योतोमा डिसेम्बर १७ र ओकिनावा प्रेफेक्चरमा डिसेम्बर १ मा चलचित्र प्रदशन गर्ने तय भएको छ। बाँकी क्षेत्रमा प्रदर्शनको मिति तय भैनसकेको न्यौपानेले जानकारी दिए।