४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इजरायली सेनाले उत्तरी गाजा पट्टीका क्षेत्रमा बमबारी गर्दा १६ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै जना घाइते भएका छन् ।

बेत लाहियाको अल खजान छिमेकमा विस्थापित मानिसहरूलाई आश्रय दिने आवासीय संरचनामा इजरायली बमबारीमा १५ प्यालेस्टिनी मारिएको र अरू घाइते भएका मेडिकल स्रोतले जनाएको छ ।

लगातार इजरायली हवाई आक्रमण, विस्फोटका कारण दर्जनौं मृतक र घाइते अझै बेत लाहियामा भग्नावशेषमुनि दबिएका छन् ।​

यसैबीच, जबलिया अल नाजलाको हलिमा अल सादिया स्कुलको परिधिमा इजरायली ड्रोन आक्रमणमा दुई दिनअघि घाइते भएका प्यालेस्टिनीको मृत्यु भएको छ ।

इजरायली सेनाले अल सफ्तावीमा आवासीय संरचना र ब्लकहरूमा गोलाबारी तीव्र पारेको छ । जबलिया शिविरका साथै बेत लाहिया सहरमा विस्फोटका आवाज सुनिएको थियो ।

बिहान सबेरै इजरायली सेनाका सशस्त्र गाडीहरू बेत लाहियाको पश्चिममा अल–साइमा क्षेत्रमा प्रवेश गरे र जबलिया शिविरको पश्चिममा रहेको अल–फखौरा स्कूलतर्फ अघि बढेको थियो ।

चुनौतीपूर्ण मानवीय अवस्था र बासिन्दाहरूलाई विस्थापित गर्ने प्रयासका बीच सेनाले उत्तरी गाजा पट्टीको ३२औं दिनका लागि आफ्नो घेराबन्दी जारी राखेको छ ।