४ माघ २०८२, आईतवार 18 Jan 2026, Sun
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पाकिस्तानको लाहोरमा एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गरिएको छ ।

लाखौं बालबालिकालाई खतरनाक मानिएको भन्दा कैयौं गुणा बढी धुवाँको चपेटामा पर्न नदिन एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारी अधिकारीले आइतबार बताएका छन् ।

एक करोड ४० लाख जनसङ्ख्या भएको यो शहर डिजेल धुवाँ, मौसमी कृषि जलनबाट निस्कने धुवाँ र जाडोको चिसोपनले केही दिनदेखि धुवाँधुलो, कुहिरो र प्रदूषणको मिश्रणले ढाकिएको छ ।​

प्रदूषणको दायरा मापन गर्ने वायु गुणस्तर सूचकाङ्क, शनिबार एक हजार भन्दा बढी अर्थात् ‘खतरनाक’ मानिएको ३०० को स्तर भन्दा धेरै माथि पुगेको आईक्यू एयरको तथ्याङ्कले देखाएको छ । ​

पञ्जाब सरकारले पनि आइतबार वायु गुणस्तर सूचकाङ्क शनिबार एक हजार भन्दा बढी पुगेको जनाएको छ । 

‘आगामी ६ दिनको मौसम पूर्वानुमानले हावाको ढाँचा उस्तै रहने देखाएको छ। त्यसैले हामी लाहोरका सबै सरकारी र निजी प्राथमिक विद्यालय एक हप्ताका लागि बन्द गर्दैछौं’, लाहोरका वरिष्ठ वातावरण संरक्षण अधिकारी जहाँगीर अनवरले भनेका एएफपीले लेखेको छ । 

स्थानीय सरकारको निर्णयमा सोमबारदेखि शनिबारसम्म एक हप्ताका लागि बन्द रहने छन् ।

निर्णयअनुसार १० वर्षको उमेरसम्मका बच्चाहरूको लागि ‘सबै कक्षाहरू’ सार्वजनिक, निजी र विशेष शिक्षा चल्ने छैनन् । 

निर्णयमा विद्यालय बन्द गर्ने वा बन्द नबढाउने भन्ने विषयमा आगामी शनिबार पुनः अवस्थाको समीक्षा गरिने उल्लेख छ ।​

पञ्जाबका वरिष्ठ मन्त्री मरियम औरङगजेबले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले माथिल्ला कक्षाका बालबालिकाको स्वास्थ्यमा पनि नजर राखेका छौं। यो धुवाँ बालबालिकाका लागि निकै हानिकारक हुन्छ । विद्यालयमा मास्क अनिवार्य गर्नुपर्छ।’

उनले अस्पतालहरूमा प्रदूषणबाट प्रभावितहरूको उपचारलाई ध्यान दिँदै छुट्टै काउन्टर स्थापना गरिएको जानकारी दिए ।