बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले शुरू गरेको आक्रमणबाट गाजा क्षेत्रको उत्तरी भागमा ७ सय ७० भन्दा बढी मानिसको मृत्यु भएको छ ।
हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि गाजामा करिब एक वर्षको युद्धपछि इजरायलले गत महिना लेबनानतर्फ आफ्नो ध्यान केन्द्रित गर्यो र हिजबुल्लाहको आक्रमणबाट आफ्नो उत्तरी सीमा सुरक्षित गर्ने प्रतिबद्धता जनायो ।
यसैबीच गाजाको उत्तरी भागमा दशौं हजार नागरिक फसेका गाजाको नागरिक सुरक्षा निकायले बिहीबार जानकारी दिएको छ ।
त्यहाँ इजरायलले यस महिनाको शुरूमा सैन्य कारबाही शुरू गरेर हमासमाथि दबाब कायम राखेको छ ।
‘उत्तरी गाजामा सैन्य कारबाही शुरू भएयता सात सय ७० भन्दा बढी मानिसको मृत्यु भएको छ’, क्षेत्रको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले भने । उनले भग्नावशेषमुनि मानिसहरू पुरिएका हुनाले मृत्यु सङ्ख्या बढ्नसक्ने बताए ।
उनका अनुसार मध्य गाजामा विद्यालय–आश्रयस्थलमा भएको आक्रमणमा १७ जनाको मृत्यु भएको छ ।
इजरायली सेनाले भने उक्त स्थलमा हमास लडाकूहरूलाई लक्षित गरेर आक्रमण गरेको बताएको छ ।