१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । १४ औं नेपाल फेस्टिवल-२०२४ का लागि स्वयम् सेवकका रूपमा काम गर्न इच्छुक व्यक्तिहरूका लागि आवेदन खुलाइएको छ।

यो फेस्टिवल गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापान, जापानका लागि नेपाली राजदूतावास टोकियो र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा २०२४ नोभेम्बर ३० र डिसेम्बर १ तारिखमा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा आयोजना हुनेछ।​

फेस्टिवलको मुख्य उद्देश्य नेपाल र नेपालीको पहिचान कायम गर्दै नेपालको कला, संस्कृति, रीतिरिवाजको प्रवर्द्धन गर्नु हो।

यसका साथै, नेपालको पर्यटन प्रवर्द्धन र नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने महत्त्वपूर्ण उद्देश्य रहेको छ।

स्वयम् सेवकका रूपमा काम गर्न इच्छुक नेपाली संघ संस्थाका प्रतिनिधिहरू, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आयोजक समितिले तोकिएका नियमहरू पालना गर्दै, आगामी नोभेम्बर १५ भित्र गुगल फारम मार्फत आवेदन दिन सकिनेछ।

साथै थप जानकारीका लागि सदस्य सचिव किरण गौतम (07042011194) लाई सम्पर्क गर्न समेत सकिने छ ।

आवेदन गर्नका लागि तलको क्यूआर कोड वा लिङ्कमार्फत गर्न सकिने आयोजकले जनाएको छ ।