बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानमा अक्टोबर– २७ मा हुने आम चुनावको लागि मङ्गलबारदेखि निर्वाचन अभियान शुरू भएको छ ।
निर्वाचनमा सत्तारुढ गठबन्धन लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र यसका साझेदारहरूले बहुमत कायम राख्न सक्ने अपेक्षा गरिएको छ भने विपक्षी दलहरूले सत्तारूढ समूहको पकडलाई कमजोर पार्ने कुरामा चुनावको ध्यानाकर्षण रहेको छ ।
संसद्को शक्तिशाली सदन हाउस अफ रिप्रेजेन्टेटिभमा ४६५ सिटका लागि एक हजार ३३८ उम्मेदवारहरूले प्रतिस्पर्धा गरिरहेको एनएचकेले जनाएको छ ।
जापानको प्रतिनिधिसभा मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छ जसले एकल–सदस्य जिल्लाहरू र समानुपातिक प्रतिनिधित्व दुवैलाई मिलाउँछ ।
निर्वाचनमा मतदाताहरूले दुई वटा मतपत्रमा भोट हाल्छन् ती मध्ये एउटा एकल–सदस्य जिल्लामा उम्मेदवारका लागि र एउटा समानुपातिक प्रतिनिधित्वमा रहेको पार्टीका लागि हुन्छ ।
निर्वाचनले एलडीपीको कोष घोटालालाई पछ्याई राजनीतिक सुधार, मुद्रास्फीति र आर्थिक उपायहरूको प्रतिक्रिया जस्ता प्रमुख मुद्दाहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।
लामो समय जापानमा शासन गर्ने एलडीपीले यसअघि ४६५ सदस्यीय तल्लो सदनमा २५८ सिट ओगटेको थियो भने ३२ सिटसहितको कोमेइटोसँग गठबन्धनमा शासन गरेको थियो ।