१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई राहत वितरण गरेको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीका विपद् प्रभावितलाई राहत वितरण गरिएको हो ।

बाढी, डुबान तथा पहिरोका कारण प्रभावित दक्षिणकालीका ५० परिवार तथा इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीका ७० परिवारलाई खाद्य सामग्री, लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्तीलगायत सामग्री वितरण गरिएको हो ।

स्थानीय तहसँग समन्वयपश्चात् दुवै जिल्लाका अति प्रभावितलाई  राहत वितरण गरिएको सङ्घले जनाएको छ ।

यसअघि सङ्घले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि रु एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा आज दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा राहत वितरण गरिएको हो ।

सोमबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका र बुधबार ललितपुरको ठोस्नेखोलामा पीडित परिवारलाई राहत वितरण गर्ने सङ्घले जनाएको छ ।

सङ्घले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ । 

यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सङ्घले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।