१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदा र उनका क्याबिनेट सदस्यहरूले राजीनामा दिएका छन् । जसले शिगेरु इसिबालाई नयाँ प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्न मार्ग प्रशस्त गरेको छ। 

मंगलबार क्याबिनेट बैठकमा प्रधानमन्त्री किशिदा र उनका मन्त्रीहरूले राजीनामाको घोषणा गरेका हुन्। 

शुक्रबार सत्तरुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेतृत्व चयनमा इसिबा विजयी भएका थिए । 

किशिदाले तीन वर्षको कार्यकालको अन्त्यमा अगस्टमा राजीनामा दिने घोषणा गरेका थिए।

मंगलबार संसद्‌मा एलडीपीको बहुमत भएकाले इसिबा नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का छ। इसिबाले आफ्नो नयाँ क्याबिनेट पनि सोही दिन घोषणा गर्नेछन्।

किशिदाले सन् २०२१ मा प्रधानमन्त्रीको पद सम्हालेका थिए, तर उनका सरकारले सामना गरेका विभिन्न घोटालाका कारण उनको पार्टीले नयाँ नेतृत्वको आवश्यकता देखेर उनलाई बिदा गरेको हो। 

सोमबार, इसिबाले औपचारिक रूपमा प्रधानमन्त्री बनेपछि अक्टोबर २७ मा संसदीय चुनाव गर्ने योजना रहेको बताएका थिए।