३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । स्पेनको क्यानरी टापुमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । अन्य ४८ जना बेपत्ता भएका राष्ट्रिय सामुद्रिक उद्धार सेवाले शनिबार जनाएको छ ।​

एटलान्टिक द्वीपसमूहको एक टापु ‘एल हिएरो’बाट मध्यरातपछि आएको आपतकालीन फोनको जवाफ उद्धारकर्ताले दिएपछि ८४ जना सवार डुङ्गाबाट २७ जनालाई उद्धार गरिएको एक विज्ञप्तिमा जनाइएको छ ।​

आप्रवासीहरू मुख्य भूमि युरोप पुग्ने आशामा क्यानरी पार गर्ने क्रममा उक्त क्षेत्रमा सेप्टेम्बरको सुरुमा ३९ जना आप्रवासीको मृत्यु भएको थियो ।​

हालैका वर्षहरूमा हजारौं आप्रवासीहरूले युरोप पुग्नका लागि खचाखच भरिएका र प्रायः जीर्ण डुङ्गाहरूमा एटलान्टिक महासागरमा यात्रा गर्ने गरेका छन् । ​​

‘पछिल्लो त्रासदीले एटलान्टिक मार्गको खतरनाक यात्रालाई फेरि उजागर गरेको छ’, क्यानरीका क्षेत्रीय अध्यक्ष फर्नान्डो क्लाभिजोले एक्समा लेखेका छन्, ‘युरोपको दक्षिणी सीमाबाट केही मिटरको दूरीमा मानिसको ज्यान जाने भएकाले संरचनागत मानवीय त्रासदीको सामना गर्न स्पेन र इयूले निर्णायक कदम चाल्नुपर्छ ।’