३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इजरायलले एउटा विद्यालय–आश्रयस्थमा गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ ।​

गाजाका नागरिक सुरक्षा उद्धारकर्ताहरू बताएअनुसार इजरायली सेनाले हमास कमान्ड केन्द्रलाई लक्षित गरेको हो ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट युद्ध शुरू भएपछि घेराबन्दीमा परेको गाजा पट्टीका २४ लाख जनसङ्ख्याको ठूलो हिस्सा कम्तीमा एक पटक विस्थापित भएको छ र तीमध्ये धेरैले विद्यालय भवनहरूमा आश्रय लिएका समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

‘उत्तरी गाजाको जबालिया शिविरमा रहेको अल–फलुजा विद्यालयलाई लक्षित गरी भएको इजरायली मिसाइल आक्रमणमा बालबालिकासहित सात जना सहिद भए भने धेरै घाइते भएका छन्’, नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले भने । 

इजरायली सेनाले अल–फलुजा विद्यालयमा रहेको कमान्ड–एन्ड कन्ट्रोल केन्द्रभित्र सक्रिय हमास लडाकूहरूलाई लक्षित गरी ‘सटिक आक्रमण’ गरेको बतायो ।

सैन्य विज्ञप्तिमा हताहतीका बारेमा कुनै जानकारी दिइएको थिएन ।