बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
चिबा, जापान। गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति चिवा र माचुदो सिटीको संयुक्त आयोजनामा माचुदो नेपाल फेस्टिवल चिबा २०२४ भव्यताका साथ सम्पन्न भएको छ।
गत आइतवार माचुदो शहरको माचुदो सेन्टर पार्कमा आयोजना गरिएको उक्त फेस्टिवल भब्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ। आयोजकले दिएको जानकारी अनुसार जापानी र नेपाली गरी करिब १० हजार दर्शकको उपस्थिति रहेको थियो।

चिबाको माचुदो सिटीमा आयोजित नेपाल फेस्टिवलको तस्बिर। फोटो सौजन्य : मूल आयोजक समिति
कार्यक्रमको उद्घाटन नेपाल सरकारका श्रम मंत्री शरत शिंह भण्डारी, जापानका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुबेदी, एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका (आइसीसी) उपाध्यक्ष रोबिन शेरचन, एनआरएनए जापानका अध्यक्ष नबिन निउरे, माचुदो सिटिका मेयर होनगोया केन्जी लगायतले संयुक्त रुपमा गरेका थिए।
सो अबशरमा नेपालमा प्रचलित लाखे नाच, पन्चे बाजा, भजन, हनुमान नाच, साकेला नाच र जापानी जापानी सस्कृतिहरुको समेत प्रदर्शनी गरिएको मूल आयोजक समितिका संयोजक राजनबाबु सुबेदीले जानकारी दिए।
‘नेपाली कलाकारहरु संगै जापानी कलाकारहरुले समेत आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए’ सुबेदीले भने ‘समग्रमा फेस्टिबल सोचे भन्दा राम्रो संग सफल भएको छ।’

चिबाको माचुदो सिटीमा आयोजित नेपाल फेस्टिवलको उद्घाटन गर्दै अतिथिहरु। फोटो सौजन्य : मूल आयोजक समिति
मेलाला सभ्य बनाउनका लागि झन्डै ७० जना स्वंसेवकहरु परिचालन गरिएको पनि आयोजकले जनाएको छ।
मेलामा स्टल राखेका रेस्टुरेन्ट ब्यापारीहरुले पनि आफुहरुले सोचे भन्दा राम्रो ब्यापार भएको प्रतिक्रिया दिएका छन्। मेलामा स्टल राखेका भिन्तुना रेस्टुरेन्टका संचालक अनिल श्रेष्ठले दिउसो ४ बजे सबै परिकारहरु सकिएको बताए।
‘ब्यबसायिक हिसाबले पनि सोचे भन्दा राम्रो ब्यापार भयो’ श्रेष्ठले भने ‘यस्तो उपस्थिति हुन्छ भन्ने अनुमान मात्र गर्न सकेको भए धेरै परिकार तयार गर्ने थियौं।’ उनका अनुसार रेस्टुरेन्ट ब्यबसायीहरुले थोरैमा पनि १२ लाख सम्मको ब्यापार गरेका छन्।

चिबाको माचुदो सिटीमा आयोजित नेपाल फेस्टिवलमा उपस्थित दर्शकहरु । फोटो सौजन्य : मूल आयोजक समिति
अन्यत्र आयोजित फेस्टिवलहरुमा फोहोर ब्यबस्थापनमा टिकाटिप्पणि आउने गरेकाले माचुदो फेस्टिवलमा भने फोहोर ब्यबस्थापनमा बिशेष ध्यान दिएको स्टल ब्यबस्थापन समितिका संयोजक प्रकाश थापा मगरले जानकारी दिए।
‘अन्यत्रको अनुभव बाट सिकेर हामीले फोहर ब्यबस्थापनलाइ चुनौतीका रुपमा लिएका थियौं त्यसैले हाम्रो फोकस पनि यसमा थियो’ स्वंसेवकहरु परिचालन समितिका संयोजक टिकाराम न्यौपानेले भने ‘फोहोर ब्यबस्थापनमा समस्या उत्पन्न नहोस भनेर हाम्रा साथीहरु हरेक पटक राउण्डिङ्गमा निस्किएका हुन्थे।’

सम्पूर्ण तयारी सकिएपछि अघिल्लो दिन सांझ स्टेज अघि खिचिएको तस्बिर। फोटो सौजन्य : मूल आयोजक समिति
आयोजकका अनुसार हाल सम्म फेस्टिबल गर्न ६० लाख हाराहारीमा खर्च भएको छ। ‘एकिन हिसाब त गरिसकिएको छैन तर अन्तिम सम्ममा १० लाख सम्म नाफा हुन्छ कि भन्ने हाम्रो अनुमान छ’ मूल आयोजक समितिका संयोजक सुबेदीले भने।