१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानमा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को अध्यक्षका उम्मेदवारको रूपमा प्रतिस्पर्धा गरिरहेका नौ उम्मेदवारहरूले पार्टी र देशको भविष्यप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । साथै उनीहरूले पहिलो संयुक्त पत्रकार सम्मेलनमा आफ्नो नीतिगत धारणा राखेका छन्।

जापानले घट्दो जन्मदर, वृद्ध हुँदै गएको समाज, मन्द आर्थिक वृद्धि, बढ्दो उपभोक्ता मूल्य र खराब हुँदै गएको सुरक्षा वातावरणजस्ता थुप्रै चुनौतीहरूको सामना गरिरहेको  छ । 

सोही अवस्थामा शुक्रबारको छलफलमा दुई प्रमुख विषय राजनीतिक सुधार र आर्थिक वृद्धिले स्थान पाएका जापान टाइम्सले जनाएको छ ।​

एलडीपी आफ्नो ७० वर्षको इतिहासको एक महत्त्वपूर्ण मोडमा उभिएको छ।

गत वर्षको अन्त्यदेखि पार्टीले ८० भन्दा बढी सांसदहरू र प्रायः सबै राजनीतिक गुटहरूलाई संलग्न गरेको राजनीतिक कोष काण्डबाट धक्का खाएको छ ।

जसका कारण जनतामा बढ्दो अविश्वास देखा परेको छ।