३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । दक्षिण भारतमा सामसुङ इलेक्ट्रोनिक्सका कर्मचारीहरू हडतालमा उत्रिएका छन् ।

राम्रो तलब र कामको समयको माग गर्दै सोमबारदेखि जारी एक हप्ते हडताल बुधबार पनि चलेको छ।

उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने प्रविधि कम्पनीले औद्योगिक कर्मचारीको आन्दोलनको प्रभाव उत्पादनमा नपर्ने बताएको छ । 

भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो र यसको बढ्दो मध्यम वर्ग सामसुङको बढ्दो बजारको लागि एक महत्त्वपूर्ण स्रोत हो ।

सामसुङको उत्पादनले दक्षिण कोरियाको कुल गार्हस्थ उत्पादनको लगभग एक चौथाइ हिस्सा ओगटेको छ ।

हडतालले समूहको कर्मचारीको पछिल्लो असन्तोषकोलाई सङ्केत गर्दछ ।

जुलाईमा दक्षिण कोरियामा हजारौं युनियनमा आबद्ध कामदारहरूले तलब र लाभको विषयमा हडताल गरेका थिए।

दक्षिणी शहर चेन्नईबाहिर रहेको एक प्लान्टमा टेलिभिजन, रेफ्रिजेरेटर र अन्य उपभोग्य सामग्री निर्माण गर्ने करिब एक हजार ८०० कामदार कार्यरत सामसुङका सयौं कर्मचारीले आन्दोलनमा भाग लिएका छन् ।