१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

​टोकियो । जापान सरकारले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा दोस्रो त्रैमासिकमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.९ प्रतिशतले गिरावट आएको छ ।

‘अप्रिलदेखि जुनसम्मको अवधिमा जापानको अर्थतन्त्र वार्षिक २.९ प्रतिशतको दरले वृद्धि भएको थियो जुन प्रारम्भिक प्रतिवेदनमा गरिएको ३.१ प्रतिशतको प्रक्षेपणभन्दा ०.२ प्रतिशतको कमी हो’, मन्त्रीपरिषद्को कार्यालयले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । 

यो कमीका लागि अपेक्षितभन्दा कम निजी खपत र पूँजीगत खर्च जिम्मेवार मानिएको छ। यद्यपि, यो आँकडाले दुई त्रैमासिकमा देखिएको पहिलो वृद्धिलाई सङ्केत गरेको छ ।

कार उत्पादन क्षेत्रमा सुरक्षासम्बन्धी तथ्याङ्कमा देखिएको गडबडीले पारेको नकारात्मक प्रभावले आर्थिक वृद्धिको लक्ष्यभन्दा नतिजा कम देखिएको हो । 

जापानमा उत्पादित वस्तु र सेवाहरूको कुल मूल्य मुद्रास्फीतिको लागि समायोजित गरिएको र वास्तविक कुल गार्हस्थ उत्पादनमा अघिल्लो त्रैमासिकको तुलनामा ०.७ प्रतिशतले बढेको छ ।

यो वृद्धिको प्रारम्भिक प्रक्षेपण ०.८ को तुलनामा मात्र ०.१ प्रतिशतको कमी हो ।

रिपोर्टिङ अवधिमा, पूँजी लगानी ०.८ प्रतिशतले वृद्धि भएको छ, जुन पहिले रिपोर्ट गरिएको ०.९ प्रतिशतको वृद्धिभन्दा कम हो ।

जापानको अर्थतन्त्रको आधाभन्दा बढी हिस्सा ओगटेको निजी उपभोग १.० प्रतिशतको प्रक्षेपणभन्दा सामान्य कम अर्थात् ०.९ प्रतिशतले बढेको छ ।