बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । भारतको लखनउस्थित यातायात नगर क्षेत्रमा रहेको एक भवन भत्किँदा चार जनाको मृत्यु भएको छ । अन्य २८ जनालाई उद्धार गरिएको छ।
लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले चार जनाको मृत्यु भएको पुष्टि गरे ।
‘हालसम्म २८ जनाको उद्धार गरिएको छ । राष्ट्रिय प्रकोप प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ), अग्नी नियन्त्रक र प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेका छन्’, लखनउ नगरपालिका आयुक्त इन्द्रजित सिंहले भने ।
प्रमुख अग्नि नियन्त्रक अधिकृत (सीएफओ) मङ्गेश कुमारले भत्किएको भवनमा अझै धेरै मानिस फसेको आशङ्का गरिएको बताए ।
‘अझै धेरै मानिसहरू फसेको भनिएको छ । फसेकाहरूको यकिन सङ्ख्या थाहा हुन सकेको छैन’, कुमारले भने ।
अलपत्र परेकाहरूको उद्धार कार्य जारी रहेको छ ।
दमकल विभाग, एनडीआरएफ र एसडीआरएफ टोली घटनास्थलमा छन् ।
घाइतेहरूलाई अस्पताल पठाउने काम भइरहेको छ । थप विवरणहरू आउन बाँकी छन् ।