बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
आगामी सेप्टेम्वर २२ तारिक आइतबार चिवाको माचुदो शहर स्थित सेन्ट्रल पार्कमा आयोजना हुने नेपाल फेष्टिवल २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ ।
जापानी समुदायमा नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको एक दिने फेष्टिवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो ।
फेस्टिवलमा नेपाली तथा जापानीहरूकाे विविध कार्यक्रम आयोजना हुने बताइएको छ। शुक्रबार चिवाको फुनावासीमा पत्रकार सम्मेलन गरेर फेष्टिवल आयाेजक समितिले हालसम्मको तयारी तथा मुख्य आकर्षण बारे जानकारी दिएको हो।
फेष्टिवल मुल आयोजक समितिका संयोजक राजनबावु सुवेदीका अनुसार नेपाली तथा जापानी मौलिक खानासहितका आठ वटा स्टल रहने छन भने व्यवसायीक तथा नेपाली पर्यटन प्रवर्द्धन गर्ने थप १५ वटा स्टल रहनेछन्।
फेष्टिवल माचुदो शहरका मेयर तथा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीबाट संयुक्तरूपमा उद्घाटन गरिने छ। फेष्टिवलमा माचुदो शहरका वशिष्ठ पदाधीकारीहरू सहित स्थानीय ख्यातिप्राप्त जापानी कलाकारहरूले प्रस्तुति दिने छन भने नेपाली मौलिक जातीय नृत्य सहित पञ्चेबाजा लगायतका नेपाल झल्कने प्रस्तुति हुनेछ तयारी गरिएको संयोजक सुवेदीले जानकारी दिए।
यस्तै नेपाली मण्डला, लुम्बिनी, हिमाल पहाडको सेल्फी स्थल सहित नेपाली मौलिक बाजा सारंगीसँगै फोटो खिच्न पाइने स्थानको तयारी समेत गरिएको सुवेदीले जानकारी दिए।
टोकियो महानगरसंग सिमाना जोडिएको माचुदो शहर चिवा, ईवाराकी तथा साइतामा राज्यसंग पनि यातायातको सहज सुविधा रहेको सो अवसरमा जानकारी दिइयो। जसका कारण फेष्टिवलमा नेपाली तथा जापानीहरूकाे उल्लेख्य सहभागिता हुने अपेक्षा आयाेजकले गरेको छ।
माचुदो शहरको समेत संयुक्त सहकार्य रहेकाले जापानी समुदायको समेत उल्लेख्य सहभागिता रहने मुल आयोजक समितिका सदस्य तथा माचुदो शहर अन्तराष्ट्रिय सास्कृतिक समिति सल्लाहकार रामकृष्ण बम मल्लले जानकारी दिए ।
पहिलो पटक जापानीहरूसंगको सहकार्यमा आयोजना हुने फेष्टिवलमा फोहोर व्यवस्थापन, सुरक्षा तथा नेपाली सभ्यता मुख्य चुनौती रहेकाले हामीले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
करिब पचास लाख खर्च अनुमान गरिएको फेष्टिवलमा हाल जापानभरिबाट आर्थीक सहयोग जुटि रहेको संयोजक सुवेदीले जानकारी दिए । यस्तै फेष्टिवललाई सफल पार्न स्वयमसेवकसहित जापानवासी नेपालीहरूमा रचनात्मक सहयोगको अपील गरिएको छ।
कार्यक्रममा फेष्टिवल मुल समिति मातहतका उपसमिति पदाधीकारीहरूले आ-आफ्नो तयारी बारेमा जानकारी गराएका थिए।