बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गरेका छन् ।
जुलाईमा भएको निर्वाचनबाट सरकार गठनका लागि कुनै पनि दललाई बहुमत प्राप्त हुन सकेको थिएन ।
युरोपेली सङ्घ (ईयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)का लागि प्रमुख वार्ताकारका रूपमा काम गरेका ७३ वर्षीय बार्नियरलाई सबैलाई मिलाएर लानसक्ने नेताका रूपमा राष्ट्रपतिले विश्वास गरेका हुन् ।
गत जुलाई १६ मा म्याक्रोंले तत्कालीन प्रधानमन्त्री ग्याब्रियल अट्टलको राजीनामा स्वीकृत गरे पनि नयाँ मन्त्रिमण्डल गठन नभएसम्मका लागि कामचलाउ सरकारको प्रमुखका रूपमा कार्यभार सम्हाल्न आग्रह गरेका थिए ।
नयाँ सरकारले सन् २०२५ का लागि बजेट कानूनको मस्यौदा पेश गर्न अक्टोबर १ को समयसीमा तोकिएको छ ।
वार्षिक उत्पादनको ११० प्रतिशतसम्म ऋण थुप्रिएको फ्रान्सले यस वर्ष ‘स्ट्यान्डर्ड एन्ड पुअर्स’बाट क्रेडिट रेटिङ कटौतीको सामना गरेको छ ।
युरोपेली आयोगले यसलाई अत्यधिक घाटाको लागि जिम्मेवार मानेको छ।