३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलबार एउटा स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जना अभिभावक र विद्यार्थीहरूको मृत्यु भएको छ ।

राज्य प्रसारणकर्ता सिसिटिभीले बिहान ७ः२७ बजे (स्थानीय समय) शानडोङ प्रान्तको ताइवान शहरको विद्यालय पुग्दा ड्राइभरले गाडीको ‘नियन्त्रण गुमाएको’ बताएको छ ।

सिसिटिभीका अनुसार बस सडक छेउमा अभिभावक र विद्यार्थीहरूको भिडसँग ठोक्किएको थियो । 

‘हालसम्म ११ जनाको मृत्यु भएको छ, जसमध्ये छ जना अभिभावक र पाँच जना विद्यार्थी थिए’, प्रसारणकर्ताले जनाएको छ । साथै घाइते हुने मध्य एक व्यक्तिको अवस्था गम्भीर रहेको र अन्य १२ जनाको अवस्था सामान्य रहेको बताएको छ । 

सामाजिक सञ्जालमा प्रसारण भएको फोटो र भिडियोमा रगतले लतपतिएका मानिसहरू खैरो बस नजिकै सडकमा लडेको देखाइएको छ ।

ड्राइभरलाई स्थानीय प्रहरीले पक्राउ गरेको र घटनाको अनुसन्धान भइरहेको सिसिटिभीले जनाएको छ ।