३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । बङ्गलादेशका केही भागमा आएको बाढीका कारण २३ जनाको मृत्यु भएको छ । करिब ६० लाख मानिस प्रभावित र हजारौं परिवार विस्थापित भएका छन् ।

विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन्द्र (एनडिआरसिसी)को दैनिक विपद् अवस्था प्रतिवेदनअनुसार सोमबार दिउँसोसम्म देशका ६४ जिल्लामध्ये ११ जिल्लामा बाढीका कारण ५७ लाख एक हजार दुई सय चार जना प्रभावित भएका छन् ।

मन्त्रालयको वेबसाइटमा प्रकाशित प्रतिवेदनमा देशमा बाढीका कारण २३ जनाको मृत्यु भएको छ भने ११ जिल्लामा १२ लाख ३८ हजार ४८ परिवार अलपत्र परेका छन् । दुई जना बेपत्ता समेत भएको बताइएको छ ।

गत हप्तादेखि प्रमुख नदीहरू ‘ओभरफ्लो’ हुँदा बङ्गलादेशका केही भागमा जमिनको ठूलो क्षेत्र जलमग्न भएको छ ।

बाढीले देशको ठूलो भू–भागमा बस्तीहरू, बाली, सडक र राजमार्गहरूमा व्यापक क्षति पुर्‍याएको सिन्ह्वाले जनाएको छ ।

बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले आइतबार सबै सरोकार वालाहरूलाई अलपत्र परेका मानिसहरूलाई उद्धार गर्न, आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्न र बाढी पीडितहरूका लागि हरसम्भव सहयोग गर्न आफ्नो बलियो प्रयास जारी राख्न आग्रह गरेका छन् ।