३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । मालीको उत्तरी क्षेत्रमा आइतबार भएको ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १५ सर्वसाधारणको मृत्यु भएको छ ।

उक्त क्षेत्रमा सेना र उसका रुसी सहयोगीहरूले पृथकतावादी र जिहादीहरूसँग लडिरहेका छन् ।

पृथकतावादीहरूले अल्जेरिया नजिकै तिन्जाउओटेनमा आक्रमणका लागि ‘मालियन जुन्ताको सेना र वाग्नर समूहका रुसी भाडाका सेनालाई’ दोष दिएका छन् ।

उक्त आक्रमणमा ११ बालबालिकासहित २१ सर्वसाधारणको मृत्यु भएको छ । ​

पृथकतावादीका प्रवक्ता मोहम्मद एलमाउलउद रमादानले भने,’यिनीहरूले शुरूमा एक फार्मेसीलाई निशाना बनाए, त्यसपछि अर्को आक्रमण गरे जसमा पहिलाको क्षति भएको स्थान नजिकै मानव भीडलाई निशाना बनाए ।’

एक स्थानीय राजनीतिज्ञले आक्रमणमा कम्तीमा १५ जना मारिएको बताए ।

यसैबीच स्थानीय एक गैरसरकारी संस्थाका अधिकारीले आइतबारको ड्रोन आक्रमणमा ‘बालबालिकासहित कम्तीमा २० सर्वसाधारण’ को मृत्यु भएको बताए ।