३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । रुसको भोल्गोग्राद क्षेत्रमा रहेको कारागार (आईके–१९) मा बन्दीले चार जना कर्मचारीलाई नियन्त्रणमा लिने क्रममा भएको झडपमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । 

घटनामा चार जना कारागार कर्मचारीको मृत्यु भएको र अन्य चार जना घाइते भएको पुष्टि रुसी सङ्घीय कारागारद्वारा एक विज्ञप्तिमार्फत् गरिएको छ । 

उक्त घटनामा चार कैदीले आठ जना कर्मचारी र चार जना कैदीलाई बन्धक बनाएका सिन्ह्वाले जनाएको छ ।

कारागारले दिएको जानकारीमा भनिएको छ, ‘आक्रमणकारी कैदी समूहले चार कर्मचारीलाई छुरा प्रहार गर्दा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।’

सङ्घीय कारागारका कर्मचारी र रुसी नेशनल गार्डले गरेको विशेष अभियानमा चारजना आक्रमणकारी मारिएको थियो ।

रुसी अनुसन्धान समितिले घटनालाई आपराधिक उद्देश्यले गरिएको आक्रमण भन्दै मुद्दा चलाएको छ ।