३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारतको झारखण्डमा बुधबार दुई पाइलटसहित हराएको एउटा प्रशिक्षार्थी विमान पत्ता लगाउन राष्ट्रिय प्रकोप प्रतिक्रिया बलसँग मद्दत माग गरिएको छ ।

भारतको जमशेदपुरको सोनारी विमानस्थलबाट उडेको विमान मङ्गलबार बेपत्ता भएको थियो ।​

अधिकारीहरूका अनुसार विमान अन्तिमपटक झारखण्डको राजधानी शहर राँचीबाट एक सय १६ किलोमिटर दक्षिणपूर्वमा सराइकेला खरसावन जिल्लाको निमदिह नजिकै गएको थियो ।

स्थानीय सञ्चारमाध्यमले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमान केही दूरीमा पानीमा खसेको बताएको छ । प्रहरीले चण्डिल बाँधमा विमान दुर्घटना भएको हुनसक्ने आशङ्का गरेको छ ।

दुई सिटको उक्त विमान ससेना १५२ रहेको र फ्लाइङ स्कुल अफ अल्केमिस्ट एभिएसन कम्पनीको स्वामित्वमा रहेको बताइएको छ ।

विमानमा एक पाइलट र एक प्रशिक्षक थिए ।

विमानको ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएपछि तत्काल अलार्म बजेको थियो ।