३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । श्रीलङ्काको निर्वाचन आयोगले आगामी महिना हुने निर्वाचनमा ३८ जना प्रतिस्पर्धी रहेको जनाएको छ ।

वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेले सत्ता सम्हालेपछिको यो पहिलो मतदान हो ।

श्रीलङ्कामा अकल्पनीय आर्थिक सङ्कटका कारण आक्रोशित प्रदर्शनकारीहरूले शक्तिशाली राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेपछि उनले सत्ताको बागडोर सम्हालेका थिए । अहिलेसम्ममा श्रीलङ्काले आफ्नो आर्थिक सङ्कटलाई थप विग्रिन नदिई सम्हाल्न सफल भएको छ ।

उमेरले ७५ वर्षमा हिँडिरहेका विक्रमासिङ्घेलाई विपक्षी दलका संसदीय नेता ५७ वर्षीय राजनीतिज्ञ प्रेमदासा र ५५ वर्षीय वामपन्थी नेता अनुरा कुमारा दिसानायकाले चुनौती दिएका छन् ।

तर त्रिपक्षीय लडाइँका रूपमा शुरू भएको यो प्रतिस्पर्धा प्रभावशाली राजापाक्षे परिवारले विक्रमासिङ्घेलाई दिएको महत्त्वपूर्ण समर्थन फिर्ता लिएपछि र आफ्नै उम्मेदवार निर्मल राजापाक्षलाई उठाएपछि गत सातादेखि चुनौती झनै पेचिलो बनेको छ ।

पूर्व राष्ट्रपति तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा तथा गोटबायाका भाइसमेत रहेका ३८ वर्षीय राजापाक्षे राजापाक्षे संसद सदस्य हुन् ।