बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपदमा परी आजसम्म एक सय ४८ जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायतका विपदमा परी काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेशमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २५, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जना गरी जम्मा एक सय ४८ जनाको मृत्यु भएको हो ।
उनका अनुसार काठमाडौं उपत्यकामा १० जना, कोशीमा ३७, मधेशमा १०, बागमतीमा १०, गण्डकीमा ३४, लुम्बिनीमा १०, कर्णालीमा ५१ र सुदूरपश्चिममा १४ जना गरी जम्मा एक सय ७६ जना घाइते भएका छन् ।
बाढीपहिराे का कारण काठमाडौं उपत्यकामा २६ जना, कोशीमा ४९, बागमतीमा १२, गण्डकीमा १४, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय आठ जनाको उद्धार गरिएको छ ।
साथै कोशी प्रदेशमा दुई जना, बागमतीमा ४२, गण्डकीमा दुई र कर्णालीमा एक जना गरी ४७ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी जारी रहेको प्रवक्ता कार्कीले जानकारी दिए ।
बाढीका कारण तीन सय ८३ घर डुबानमा परेका छन् ।