बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
१५ साउन, टोकियो । जापानमा हुने सेमिनारमा सहभागी गराउने भन्दै अबैध रुपमा जापानमा नेपाली भित्र्याउने समिर लामालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले लामालाई पक्राउ गरेर अनुसनधान सुरु गरेको हो ।
ब्युरोका एक प्रहरी अधिकृतले भने, ‘अहिले पीडितहरु हाम्रो सम्पर्कमा आउनु भएको छ । पीडितले जाहेरी दर्ता गराएपछि हामी अपराधको प्रकृति अनुसारको मुद्दा चलाउने छौँ ।’ प्रारम्भिक अनुसन्धान अनुसार उनलाई मानब बेचबिखन, कागजात किर्ते, मानव तस्करी लगायतका अभियोगमा अनुसन्धान गरिने प्रहरीको भनाई छ ।
लामालाई सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । दुई युवतिसहित गत जुलाई १८ तारिख जापान आएका लामाले फर्जी कागजात बनाएर २३ जनाको भिसा आबेदन दिएको र लाखौँ रुपैयाँ असुल गरेको सूचना बाहिरीएको थियो ।
भिसा आबेदन दिएकाहरु ट्राभल एजेन्सिका मान्छे हुन्- समिर लामा
एनआरएनको कागजात दुरुपयोग गरेरे समिर लामा जापान भित्र्एिको विषय बाहिरीएसँगै लामाको खोजीकार्यमा एनआरएनए जापान सक्रिय थियो । एनआरएनए जापानले गत बिहिबार लामालाई जापानको ओसाकाबाट टोकियो ल्याई पत्रकार सम्मेलनसमेत गरेको थियो ।
पत्रकार सम्मेलनमा लामाले एनआरएनए जापान र ओसाकास्थित एक कम्पनीको कागजात दुरुपयोग गरी जापानमा नेपाली भित्र्याएको स्विकारेका थिए । उक्त कार्यमा ‘जापानबाट तपाईलाई कसको सहयोग छ ?’ भन्ने पत्रकारको प्रश्नमा लामाले सबै काम आफू एक्लैले गरेको बताएका थिए ।
पत्रकार सम्मेलनमा लामाले नेपालीलाई जापान भित्रउनका लागि आवश्यक कागजात बनाउन काठमाडौँको धुम्बाराहीमा रहेको ड्रिम ट्राभल र ठमेलमा रहेको अर्किड ट्राभलले सहयोग गरेको बताएका थिए । लामाले ट्राभल एजेन्सी सञ्चालनको नाम भने खुलाएका थिएनन् । ‘भिसा आबेद दिएकाहरु मेरा मान्छे होइनन्, ट्राभलले मान्छे कलेक्सन गर्छ’ समिर लामाले भने, ‘उनीहरुको टिकट खर्च, होटल खर्च म गर्छु । त्यो वापत ट्राभलबाट प्रतिव्यक्ति ५ लाख रुपैयाँ पाउँछु । जापानमा मेरो धेरै जनासँग चिनजान छ भनेर ट्राभल एजेन्सिले म मार्फत् पठाउनु भएको हो ।’
लामाले जापान भित्र्एका र भित्र्न लागेका २३ जना जापानमा अबैध रुपमा काम गर्न नभएर ‘भिजिट प्रोफाइल बनाउन’ लागि मात्र आउन लागेको जिकिर गरेका थिए । लामाले उनीहरुबाट प्रतिव्यक्ति १७ लाख रुपैयाँसम्म लिएको पीडितले जनाएका छन् । यति ठूलो रकम बुझाएर भिजिट प्रोफाइलका लागि मात्र कोही पनि जापान नआउने लामो समय जापान बस्दै आएका जानकारहरु बताउँछन् । यसरी अबैधरुपमा जापान आउनेहरु शरणार्थीको आबेदन दिने र केही समय जापान बस्ने उद्देश्यले आउने गरेका छन् ।
राजदुतावासले सहयोग नगरेको एनआरएनएकर्मीको गुनासो
संस्थाको नाम र संस्थामा आबद्ध पदाधिकारीको नामको दुरुपयोग गरी फर्जी कागजात बनाएको भन्दै एनआरएनए जापानले यसअघि नै सिआईबिमा उजुरीसमेत दिइसकेको एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले बताए । जापानमा अपराधिक गतिबिधिमा नेपालीको संलग्नता रहेको विषय बाहिरीए पनि जापान स्थित नेपाली राजदुतावासले भने कुनै पनि सहयोग नगरेको एनआरएनए अभियानकर्मीले गुनासो गरे । एक एनआरएनए अभियानकर्मी भन्छन्, ‘हामीले लामालाई नेपाल फर्काउनका लागि पहल र सहकार्य गरिदिन राजदुत स्वयम्लाई अनुरोध गर्दा पनि कुनै सहयोग पाएनौँ ।’