बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान र ओसाकाको एक कम्पनीको कागजपत्र दुरुपयोग गरी अबैध रुपमा बिभिन्न मान्छेलाई जापान भित्र्याउने समिर लामा काठमान्डौबाट पक्राउ परेका छन ।
गत १८ तारिख भिजिट भिषामा जापान प्रबेश गरेका लामाले गैर कानुनी रुपमा नेपालीहरुलाई जापान प्रबेश गराइ रकम असुल्ने गरेको समाचार बहिरिएको थियो ।
ति ब्यक्तिहरुलाई जापान प्रबेश गराउनका लागि एनआरएनए जापानको लेटर प्याडको समेत दुरुपायोग गरेको खुलेपछी एनआरएनए जापानले बिज्ञप्ती र पत्रकार सम्मेलन मार्फत अनुसन्धान गरी कार्वाहीका लागि आग्रह गरेको थियो ।
पत्रकार सम्मेलनमा समिरले एनआरएनए र ओसाकामा रहेको एक कम्पनीको कागजपत्र दुरुपायोग गरेको स्विकार समेत गरेका थिए ।
एनआरएनए जापानको रोहबरमा समिरलाई नेपाल पठाउन कोशीस गर्दा पनि पहिलो प्रयास असफल भएको थियो । पहिलो पटक नारिता बिमानस्थलबाट भाग्न खोजेका उनलाई नियन्त्रणमा लिएर सोमबार नेपाल पठाइएको थियो ।
‘उसलाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेका छौं’ मानव बेचबिखन सेलका एसएसपी ओम रानाले भने ’अब बाँकी कुरा अनुसन्धान पछी मात्रै थाहा होला ।’
समिर पक्राउ परेको सुचना आफुले पनि पाएको एनआरएनए जापानका अध्यक्ष नबिन निउरेले जानकारी दिए । ‘पहिलो पटक नेपाल पठाउन खोज्दा बोर्डिङ पास भैसकेपछी उनी भाग्न खोजेका थिए ’निउरेले भने ’दोश्रो पटकको प्रयासमा नेपाल पठाउएका थियौँ ।’
पक्राउ परेका लामालाई मानब बेचबिखन, कागजपत्र किर्ते, मानब तस्करी लगायतका अभियोगमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ |